श्रमदान
सबै कार्य-प्रकारमा फर्किनुहोस्कार्य-प्रकार विवरण

वृक्षारोपण

एउटा बिरुवा, एउटा सास।

अर्को
वृक्षारोपण कार्यक्रममा बिरुवा रोप्दै सहभागीहरू

के बारेमा

बाँझो जमिन, खस्ने भिर, र हराउँदै गएको हरियाली — वृक्षारोपणले यी तीनैलाई एकैसाथ सम्बोधन गर्न सक्छ। नेपालको पहिरो जोखिम र जलवायु संकटको सामुदायिक प्रत्युत्तर।

कस्तो-कस्तो काम पर्छ

  • सडक छेउ र सार्वजनिक भिरालो जमिनमा बिरुवा रोप्ने
  • स्कुल-कलेज प्राङ्गण र अस्पताल वरिपरि हरियाली
  • खोला किनारको bioengineering र bank stabilization
  • सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य
  • रोपिएका बिरुवाको दीर्घकालीन हेरचाह र निगरानी

को सहयोग गर्न सक्नुहुन्छ

  • स्वयंसेवक र विद्यार्थी
  • नर्सरी सञ्चालक र कृषि विज्ञ
  • सामुदायिक वन उपभोक्ता समूह
  • बिरुवा, औजार र पानी दाता
  • स्थानीय वडा र नगरपालिका (अनुमति र समर्थन)

कहाँ-कहाँ

  • बाँझो डाँडा र भिर
  • पहिरो जोखिम क्षेत्र
  • सडक र नदी किनार
  • स्कुल र सार्वजनिक संस्थाको प्राङ्गण

अपेक्षित प्रभाव

  • पहिरो र माटो क्षयको रोकथाम
  • जैविक विविधताको पुनरुत्थान
  • हरियाली वृद्धि र तापक्रम नियन्त्रण
  • भविष्यका पुस्तालाई छहारी
अहिलेको स्थिति

अहिले रोडम्यापमा। पहिलो चरण (सरसफाइ) स्थिर भएपछि क्रमशः ल्याइनेछ। तपाईंले आफ्नो क्षेत्रमा सम्भावित स्थान सुझाउन सक्नुहुन्छ।

अभियान सुरु भएपछि सूचित गराउनुहोस्