ड्याम निर्माण
साना संरचना, ठूलो सुरक्षा।
योजनामा
के बारेमा
बाटो छेउमा खस्ने ढुङ्गा, बर्षात पछिको मुड-फ्लो, सडक मुनि निदाएको पहिरो — साना गेबियन-पर्खाल, चेक ड्याम र पुस्ताले धेरै यस्ता समस्या रोक्न सक्छन्। प्राविधिक सुपरिवेक्षण सहितको सामुदायिक श्रम।
कस्तो-कस्तो काम पर्छ
- सडक छेउ गेबियन पर्खाल निर्माण
- खोला र कुलोमा चेक ड्याम (एनिकट)
- भिरालोमा पुस्ता र bioengineering (jute net + vetiver)
- रिटेनिङ वाल मर्मत र विस्तार
- ड्रेनेज culvert सफा र सुधार
को सहयोग गर्न सक्नुहुन्छ
- सिभिल इन्जिनियर र प्राविधिक सुपरिवेक्षक
- तालिम प्राप्त राजमिस्त्री र शिल्पी
- श्रम योगदान दिने स्वयंसेवक
- ढुङ्गा, तार-जाली, सिमेन्ट दाता
- स्थानीय निकाय र सडक डिभिजन (समन्वय)
कहाँ-कहाँ
- मनसुन-पीडित सडक खण्ड
- पहिरो जोखिम भिरालो
- खोला र कुलोको माथिल्लो भाग
- गाउँ-जोड्ने सडकको कमजोर क्षेत्र
अपेक्षित प्रभाव
- मनसुनमा सडक खुल्ला रहने
- माटो र पहिरोको नियन्त्रण
- खोलाको गाद र बहाव व्यवस्थापन
- स्थानीय रोजगार र शिल्प हस्तान्तरण
अहिलेको स्थिति
जोखिम क्षेत्र सुझाउनुहोस्अहिले रोडम्यापमा। प्राविधिक भागीदार र पहिलो pilot site तय हुने काम बाँकी।



